दफा १०च
अन्त:शुल्क लाग्ने वस्त तथा सेवाको उत्पादन प्रतिलब्धि तोक्न सक्ने
(१) एनहाइड्रस इथानोल रेक्टिफाइड स्प्रिट वा इ.एन.ए. उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने अन्न मोलासिस बा खुदोबाट प्राप्त हुनुपर्ने इथानोल स्प्रिट वा इ.एन.ए. को उत्पादन प्रतिलब्धि दरको निर्धारण तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको प्रतिलब्धि दरभन्दा घटी उत्पादन भएको देखिएमा त्यस्तो फरक परिमाणको इथानोल स्प्रिट वा इ.एन.ए. बाट सो प्रतिष्ठानले उत्पादन गर्ने उच्चतम कोटीको मदिरा उत्पादन भएको मानिनेछ ।
(३) विभागले अन्त:शुल्क लाग्ने अन्य वस्तु तथा सेवाको उत्पादन प्रतिलब्धि दर तोक्न सक्नेछ ।